६ आश्विन २०८१, आईतवार | Mon Sep 23 2024

तेस्रो दिन पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१५ कात्तिक, काठमाडौं । सुनको मूल्यमा लगातार तेस्रो दिन पनि गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १५ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १४ हजार ४५० रुपैयाँ कायम भएको छ।

सुनको मूल्य गत सोमबार र मंगलबार पनि तोलामा ५०० रुपैयाँका दरले घटेको थियो। मंगलबार छापावाल सुन प्रतितोला १ लाख १६ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १५ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेर १ हजार ३८५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार ११:१९