८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य

१४ कात्तिक, काठमाडाैं । आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटअन्तर्गत मलेसियाले नेपाललाई १६६ रनको लक्ष्य दिएको छ ।कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनाएको हो ।

मलेसियाले राम्रो सुरुवात गरे पनि मध्यक्रमका ब्याटर चल्न सकेनन् । उसका लागि ओपनर एवम् विकेटकिपर सैयद अजिजले सर्वाधिक ६८ रन बनाए । उनले ४९ बलमा दुई छक्का र आठ चौका प्रहार गरे । साथै जुवैदी जुल्किल्फले २४, शाविन मेनाइडी र विजय उन्नीले समान १३/१३ रन बनाए ।

नेपालका लागि अविनाश बोहोराले चार विकेट लिए भने सन्दीप लामिछाने, गुलसन झा र रोहित पौडेलले एक/एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रिएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलवार १५:०२