२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँड मिति तय, १४ लाख बढीको हात खालि हुने

१३ कात्तिक, काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँड मिति तय गरेको छ । लघुवित्तको एफपीओ कात्तिक १६ गते  बिहीबार बिहान ८.३० बजे बाँडफाँड गरिने बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ ।

लघुवित्तको एफपीओमा १४ लाख २१ हजार ७७७ जनाले १ करोड ६१ लाख ७४ हजार ५८० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १३०।६३ गुणा बढी आवेदन हो । कम्पनीको एफपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड हुनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा १२ हजार ३८१ जनाले १० कित्ताका दरले एफपीओ पाउनेछन् भने तिनैमध्ये ६ जनाले थप १  कित्ता गरि ११ कित्ता पाउनेछन् । बाँकी १४ लाख ९ हजार ३९५ बढीको हात खालि हुनेछ ।

लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख २३ हजार ८१६।४५ कित्ता सेयर निष्काशन गरेको थियो । लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

प्रकाशित मिति : 16:35