२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

दुई कम्पनीले आईपीओ निष्कासन गर्दै, कुनको कति ?

१३ कात्तिक, काठमाडौं । दुई  जलविद्युत् कम्पनीले आईपीओ निष्कासन गर्ने भएका छन् । सोलु हाइड्रोपावर र टक्सार पिखुवा खोला हाइड्रोपावरले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

सोलु हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा सर्वसाधारणका लागि आईपीओ निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड छ।

यस्तै, टक्सार पिखुवा खोलाले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ बराबरको ४२ लाख ३० हजार ६६८ कित्ता आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड छ।

प्रकाशित मिति : 14:14