२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

काठमाडौंमा बढ्न थाल्यो घरजग्गाकाे कारोबार

१३ कात्तिक, काठमाडौं । पछिल्लो समय काठमाडौंमा घरजग्गाको कारोबार बढ्न थालेको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को असोजमा काठमाडौं उपत्यकामा २ हजार ३१५ संख्यामा घरजग्गा कारोबार भएको छ। अघिल्लो आर्थिक वर्षको असोजको तुलनामा समीक्षा अवधिमा ४५ प्रतिशतले घरजग्गा कारोबार बढेको हो। अघिल्लो वर्षको असोजमा १ हजार ५९६ संख्यामा मात्र घरजग्गा कारोबार भएको थियो।

गत भदौमा भने १ हजार ९५० संख्यामा घरजग्गा कारोबार भएको थियो। असोज महिनाको तुलनामा भदौमा घरजग्गाको कारोबार १८ प्रतिशतले बढेको छ।

गत साउनको तुलनामा भदौमा पनि १० प्रतिशतले घरजग्गा कारोबार बढेको थियो। विभागका अनुसार साउनमा १ हजार ७६० संख्यामा घरजग्गा कारोबार थियो। घरजग्गा किनबेचसँगै कित्ताकाटमा पनि वृद्धि भएको छ। विभागका अनुसार भदौको तुलनामा असोजमा ३४ प्रतिशतले जग्गा कित्ताकाट बढेको हो। भदौमा ५३२ संख्यामा जग्गा कित्ताकाट भएको थियो। असोजमा बढेर यो संख्या ७१५ पुगेको छ।

प्रकाशित मिति : 11:40