६ आश्विन २०८१, आईतवार | Mon Sep 23 2024

घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

१३ कात्तिक, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख १५ हजार ९५० रुपैयाँ कायम भएको छ।

अघिल्लो कारोबारको दिन आइतबारसुनको मूल्य तोलामा १००० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १७ हजार हजार रुपैयाँ र तेजाबी सुन १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ४१० रुपैयाँ कारोबार भएको छ। आइतबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ४१५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार १०:५९