३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

एमाले नेताहरू चढेको जीप पल्टियो, ११ जना घाइते

१२ कार्तिक, काठमाडाैँ । नेकपा एमालेका नेताहरू सवार रहेको जीप पल्टिएको छ । काभ्रेको बेथानचोक गा.पा.०१ निगाले स्थित तालढुङ्गाबाट बेथानचोक तर्फ आउदै गरेको बा १४ च ७०७७ नं. को डबल क्याप बलेरो ब्रेक फेल भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।

जीपमा सवार १८ जना मध्ये ११ जना घाईतेहरुलाई उद्धार गरी तत्काल उपचारको लागि धुलिखेल अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । जीपमा सवार रहेका नेकपा एमाले केन्द्रीय सदस्य तथा पूर्वसांसद नविना लामा, संविधानसभा सदस्य समेत रहेका एमाले बागमतीका पूर्व उपाध्यक्ष रामहरि सुवेदी, एमाले बागमतीको उपसचिव भक्तकुमारी लामासहित ११ जना घाइते भएको प्रहरीले जनाएको छ ।

तालढुंगाबाट माथि लागेको गाडी गुवाभन्ज्याङमा ब्रेक फेल भएर सडकमा पल्टिँएको हो । जीप क्षमता भन्दा बढी यात्रु बोकेका कारण दुर्घटनामा परेको अनुमान गरिएको छ ।

प्रकाशित मिति : October 29, 2023 at 5:16 pm