२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

नियात्राकार प्रतीक ढकाल डा. एपीजे अब्दुल कलाम अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित


१२ कार्तिक, काठमाडाैँ । नियात्राकार प्रतीक ढकाल डा. एपीजे अब्दुल कलाम अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन । नेपाली हिमालहरू, हिमाली जाति र हिमाली संस्कृतिका बारेमा विगत दुई दशकभन्दा बढी समयदेखि निरन्तर कलम चलाउँदै आएर १० भन्दा बढी कृति सृजना गरिसकेका नेपाली नियात्राकार ढकाल अन्तर्राष्ट्रिय रूपमा सम्मानित तथा पुरस्कृत भएका हुन् ।

भारतको कोलकातामा आयोजित एक विशेष समारोहमा डा. एपीजे अब्दुल कलाम फाउन्डेसनले उनलाई वर्ष २०२३का लागि “डा. एपीजे अब्दुल कलाम अन्तर्राष्ट्रिय पुरस्कार” द्वारा सम्मान गरेको हो । पश्चिम बंगाल सरकारका खाद्यमन्त्री  अरुप रोयले ढकाललाई मञ्चमा स्वागत गरेपछि पुरस्कार प्रदान गर्दै पश्चिम बंगाल सरकारकै निर्माणमन्त्री जे.वी. वाजेद अहम्मद खाँ र त्रिपुरा विश्वविद्यालयका चान्सलर गंगाप्रसाद प्रसाईंले सम्मान अर्पण गरेका थिए ।

ढकालको वियोण्ड तथा हिमालयज् अमेरिकाबाट प्रकाशित भएको छ भने बाँकी कृति नेपालबाटै प्रकाशित भएको छ । नेपाल सरकार पूर्व सहसचिव समेत रहेका ढकाल कृतिगत रूपमा उनी नेपालमा सबैभन्दा धेरै कृति बिक्री हुने नियात्राकारमा पर्दछन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आईतवार १६:४१