१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

६ वाणिज्य बैंकले घोषणा गरे लाभांश, अन्य बैंकको के छ तयारी ?

१२ कात्तिक, काठमाडौं । दशैँ अगाडी देखि नै लाभांशको सिजन सुरु भईसकेको छ । कम्पनीहरुले गत आर्थिक वर्ष २०७९र८० को नाफाबाट आफ्ना सेयरधनीलाई दिने लाभांश धमाधम घोषणा गरिरहेका छन् । वाणिज्य बैंकहरूले पन धमाधम लाभांश घोषणा गरिरहेका छन् । हालसम्म सञ्चालनमा रहेकामध्ये ६ वटा बैंकहरूले सेयरधनीहरुलाई दिने लाभांश घोषणा गरेका छन् ।

हालसम्म माछापुच्छ्रे बैंक, सिटिजन बैंक, एभरेष्ट बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक र सिद्धार्थ बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेका हुन् । यीमध्ये कतिपय बैंकहरूले लाभांश पारित गरी सेयरधनीहरुको खातामा समेत पठाइसकेका छन् ।

आर्थिक वर्ष २०७९र८० को लागि मुनाफाबाट हालसम्म सबै भन्दा धेरै लाभांश घोषणा गर्ने बैंक एनआईसी एशिया बैंक भएको छ। एनआईसीले आफ्नो चुक्ता पूँजीको २९ प्रतिशत बोनस सेयर र १ दशमलव ५ प्रतिशत नगद लाभांश गरी कूल ३० दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

एभरेष्ट बैंकले आफ्नो चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १० दशमलव ५३ प्रतिशत नगद लाभांश गरी कूल २० दशलमव ५३ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सानिमा बैंकले चुक्ता पूँजीको ९ प्रतिशत बोनस र ५ दशमलव ७ प्रतिशत नगद गरी कूल १४ दशलमव ७० लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

माछापुच्छ्रे बैंकले हाल कायम चुक्ता पूँजीको १३ दशमलव ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ० दशलमव ७० प्रतिशत नगद लाभांश गरी कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सिटिजन्स बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्नो सेयरधनीलाई चुक्ता पूँजीको ५ दशलमव ७९ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । भने सिद्धार्थ बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुल ४ दशमलव २१ प्रतिशत नगद लाभांश मात्रै दिने घोषणा छ ।

यी बाहेकका अन्य बैंकहरूले पनि अब छिट्टै नै आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गर्ने तयारीमा छन् । लाभांश घोषणा गर्न अब १४ बैंकहरू बाँकी छन् । तीमध्ये नबिल बैंक, ग्लोबल आइएमई बैंक, एनएमबि बैंक, कुमारी बैंक, नेपाल एसबिआई बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक भने लाभांश घोषणा गर्ने अन्तिम तयारीमा छन् । यी बैंकहरूले तिहारसम्ममा नै सेयरधनीका लागि लाभांश घोषणा गर्ने तयारी गरेका हुन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आईतवार १३:०१