२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

प्रतिनिधि सभा बैठक बस्दै, बैंकिङ्ग कसुर सम्बन्धी विधेयक प्रस्तुत गर्ने कार्यसूची

१२ कात्तिक, काठमाडाैं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ।  बैठक आज दिउँसो १ बजेबाट सुरु हुनेछ । आजको बैठकमा सम्माननीय सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरु तथा संयुक्त राष्ट्र संघका महासचिवको सम्बोधन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ।

त्यस्तै अर्थमन्त्री प्रकाशशरण महतले ‘बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। अर्थमन्त्री महतले नै ‘बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ प्रस्तुत गर्ने, ‘भन्सार विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘भन्सार विधेयक, २०८०’ प्रस्तुत गर्ने र परराष्ट्र मन्त्री एनपि साउदले ‘विमस्टेक वडापत्र अनुमोदन सम्बन्धी प्रस्ताव’ पेश गर्ने कार्यसूची रहेकाे छ ।

प्रकाशित मिति : October 29, 2023 at 11:31 am