१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026
Dainiki
Logo
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • विशेष
  • प्रवास
  • सम्पादकीय
  • English
Logo
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • अर्थ / वाणिज्य
  • विशेष
  • स्वास्थ्य
  • जीवनशैली
  • शिक्षा
  • प्रवास
  • विचार
  • विश्व
  • मनोरञ्जन
  • कला/साहित्य
  • विज्ञान
  • सुरक्षा / अपराध
  • खेल
  • भिडियो
  • English

दैनिकी

नवविवाहित वरको आज ‘चुमाउन’ गरिँदै

११ कात्तिक, महोत्तरी । कोजाग्रत पूर्णिमासँगै महोत्तरीसहितका मिथिला क्षेत्रका नवविवाहित जोडीको आज ‘चुमाउन’ विधि गरिँदै छ । पछिल्लो एक वर्ष अवधिभित्र विवाह भएका मैथिल दम्पतीको पहिलो कोजाग्रत पूर्णिमाका दिन दुलही पक्षका आफन्तले दुलाहाका घरमा गएर गरिने वरपूजन परम्पराको ‘चुमाउन’ विधि आज हुन लागेको हो । यो विधि कोजाग्रत रातमा गरिने परम्परा छ । सामान्यतया आफ्नी कन्याको विवाहपश्चात् राम्रो प्रतिपाल गरेका ज्वाइँप्रति कृतज्ञता जनाउन दुलही पक्षका आफन्त सगुन लिएर दुलाहाका घर गएर वर (दुलहा) पूजन गर्ने पुरानो मैथिल परम्परालाई ‘चुमाउन’ भन्ने गरिएको छ ।
यस अवसरमा दुलही पक्षका आफन्तले दुलहाका लागि वस्त्रआभूषण र मिष्ठान्न परिकार भेट गर्ने (उपहार दिने) पुरानो परम्परा रहेको पाका मैथिल बताउँछन् । कोजाग्रत पूर्णिमा दोषरहित र शुभ दिन मानिँदै आइएकाले पहिलो पटक घरजम सुरु गरेकी छोरी÷चेलीका परिवारजनप्रति अहोभाव दर्शाउन यो दिन रोजिएको हुनसक्ने मैथिली लोकपरम्पराका जानकारको भनाइ छ । दुर्गा पूजन सकिएलगत्तै दसैं ंपर्वको कोसेली पु¥याउन र पर्वविशेषको भेटघाट गर्न पनि यो परम्परा चलाइएको हुनसक्ने संस्कृतिविद् जलेश्वर–६ का बासिन्दा पूर्वप्रशासक महेश्वर रायको भनाइ छ ।
मिथिला क्षेत्रमा खासगरी मैथिल ब्राह्मण र कायस्थ जातिमा बाक्लो प्रचलनमा रहेको ‘चुमाउन’ विधि पछिल्ला केही वर्षयता भने अत्यन्त भड्किलो बन्दै गएको यस क्षेत्रका बुद्धिजीवीको टिप्पणी छ । दुलही पक्षका आफन्तले ज्वाइँसहित उनका पिता र आफन्तका लागि वस्त्रआभुषण दिनुपर्ने माग र सयौँ मान्छेलाई खानपान गराउन पर्ने दुलाहा पक्षको प्रस्तावले यो विधि भड्किलो बन्दै गएको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ का मैथिली भाषा साहित्य विषयका उपप्राध्यापक मनोज झा मुक्ति बताउ छन्। भेटका लागि वस्त्र आभूषण, मिष्ठान्न परिकार, दही, मखान (तलाउको पानीमा फल्ने मिथिलाको एक फल विशेष) र फलपूmलसहितका पचासभन्दा बढी भार (सोली) लिएर दुलही पक्षका आफन्त दुलहा घर पुग्छन् ।
दुलही पक्षका आफन्तको लामो लावालस्करले विवाहकै झझल्को दिने र असाध्यै खर्चिलो हुने गरेबाट अब यो विधि टार्न गरिबलाई धौधौ पर्ने गरेको मैथिल ब्राह्मण नै बताउँछन् । विगतमा एक बिडा पान, केही मखान, एकजोर धोती र जनै सुपारीले धानिने गरिएको परम्परा थेग्न अब भने घरखेत बेच्नपर्ने सम्मको स्थिति आएको भङ्गाहा–३ का ७० वर्षीय मैथिल ब्राह्मण चन्द्रकान्त झा बताउ छन् । पिता, पुर्खाले आपसी सद्भाव वृद्धिका लागि यो विधि परम्पराको सुरुआत गरे पनि पछिल्लो समयमा यो विधि आडम्बर र अहङ्कार प्रदर्शन जस्तै बनेको हुँदा अबको पुस्ताले यसलाई कम खर्चिलो बनाउन सामाजिक दबाब बढाउन आवश्यक देखिएको यस क्षेत्रका बुद्धिजीवी बताउँछन् ।

प्रकाशित मिति : October 28, 2023 at 3:07 pm

https://www.nabilbank.com/individual

प्रतिक्रिया

dainiki

ताजा

सूचना बेचेको अभियोगमा सशस्त्रका एआईजी निलम्बित

१९ असोज, काठमाडाैँ । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई निलम्बन गरेको छ। सोमबार मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार

करदाता प्रोत्साहन कार्यक्रमका विजेताको नाम सार्वजनिक

यी हुन् इ-बिडिङ प्रकरणमा पक्राउ परेका आठ जना निर्माण व्यवसायी

अल्ट्राभायोलेटको दशैं अफरः हरेक मोटरसाइकल खरिदमा हेल्मेट, डायमन्ड कोटिङ र इजी फाइनान्सिङ

लोकप्रिय

त्रिशुलीपारी नेपाली कांग्रेसभित्रै केसी दाजुभाइ अस्वीकृत


नुवाकोट कांग्रेस क्षेत्र नं. २ ‘ख’ मा धाँधली भएको जगदिश्वरनरसिंह केसीको आरोप


धाँधलीको आरोपकाबीच केसी दाजुभाइ प्रतिनिधिमा विजयी, बहादुरले पाए लोकप्रिय मत


विष्णु दाहाल नेतृत्वको अनेरास्ववियू नुवाकोटले पूर्णता पायो (जिम्मेवारी पाउनेको सूचीसहित)


नुवाकोटमा स्थापित नेता र पत्रकार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित


https://www.nimb.com.np/

सम्बन्धित

सूचना बेचेको अभियोगमा सशस्त्रका एआईजी निलम्बित

१९ असोज, काठमाडाैँ । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त

करदाता प्रोत्साहन कार्यक्रमका विजेताको नाम सार्वजनिक

१९ असोज, काठमाडौं । सरकारले १ देखि १५ असोजसम्म करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी भई

यी हुन् इ-बिडिङ प्रकरणमा पक्राउ परेका आठ जना निर्माण व्यवसायी

१९ असोज, काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय ठेक्का प्रणाली (इ-बिडिङ) ह्याक गरेको प्रकरणमा प्रहरीले

अल्ट्राभायोलेटको दशैं अफरः हरेक मोटरसाइकल खरिदमा हेल्मेट, डायमन्ड कोटिङ र इजी फाइनान्सिङ

१९ असोज, काठमाडौं। प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले नेपाली ग्राहकलाई लक्षित गर्दै दशैंको अवसरमा विशेष

अनुपम मिडिया प्रा. लि.
  • सूचना विभागमा दर्ता नं. : 714
  • कार्यालय
  • Anamnagar, Kathmandu, Nepal
    +977 14102617
    Admin: [email protected]
    News: [email protected]
    Marketing: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9810310115
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • अर्थ
  • विशेष
  • पर्यटन
  • प्रवास
  • अध्यक्ष : पवित्रा मुडभरी
  • प्रधानसम्पादक : माधवप्रसाद तिवारी
  • प्रयाेगकर्ता शर्तहाम्राे टिम
  • विज्ञापन
  • Preeti to unicode
Dainiki दैनिकी
© 2017 - 2026 Dainiki.com सर्वाधिकार सुरक्षित | Website by appharu.com