मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बिक्री खुला, क-कसले दिन पाउछन् आवेदन ?
१० कात्तिक, काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले आज कात्तिक १० गते शुक्रबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको छ ।
कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो । कम्पनीले पहिलो चरणमा १०० रुपैयाँ अंकित दरका १४ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड ४० लाख रुपैयाँबराबरको कुल १ कलाख ४० हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको हो।
उक्त आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतममा १० कित्ता र अधिकतममा १ हजार कित्तासम्मका लागि कात्तिक २४ गतेसम्म खरिद आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवा अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।
प्रकाशित मिति : 09:32









