२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

दुई कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा दिए निवेदन, कुनको कति ?

२ कात्तिक, काठमाडौं । आईपीओ निष्कासनको अनुमति माग्दै दुई कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । सोलु हाइड्रोपावर र टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति माग्दै बोर्डमा निवेदन दिएका हुन् ।

सोलुले २ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने धितोपत्र बोर्डमा निवेदन दिएको छ । अनुमति पाएपछि यस कम्पनीले १०० रुपैयाँ अंकित दरमा २ करोड कित्ता सेयर बिक्री गर्नेछ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

यसैगरी, टक्सार पिखुवाखोलाले १०० रुपैयाँ अंकित दरमा ४२ लाख ३० हजार ६६८ कित्ता सेयर बिक्रीका लागि अनुमति माग्दै बोर्डमा निवेदन दिएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

प्रकाशित मिति : 16:43