नेप्सेमा सोनापुर मिनरल्सको आईपीओ सूचिकृत, कति छ ओपनिङ रेञ्ज ?
२ कात्तिक, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा एक कम्पनीको आईपीओ सूचिकृत भएको छ । नेप्सेमा आज सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको आईपीओ सूचिकृत भएको हो ।
नेप्सेमा सोनापुरको ३ करोड ७ लाख ५० हजार ५०० कित्ता सेयर सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो सेयर कारोबारको लागि १४२ रूपैयाँ ०१ पैसा देखि ४२६ रुपैयाँ ०३ पैसासम्म ओपनिङ रेञ्ज दिएको छ। कम्पनीको स्टक संकेत क्इल्ब् रहेको छ ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा आईपीओ निष्कासन गरेको थियो ।कम्पनीको सेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यापिटल रहेको छ। सूचिकृत पश्चात उक्त कम्पनीको सेयर कात्तिक १२ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबार हुनेछ ।
प्रकाशित मिति : October 19, 2023 at 3:34 pm










