सोनापुर मिनरल्सको आईपीओ सेयरधनीको खातामा जम्मा, कहिलेबाट हुन्छ कारोबार ?
२ कात्तिक, काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आईपीओको सेयर सेयरधनीकाे डिम्याट खातामा जम्मा भएको छ । डिम्याट खातामा जम्मा भएसँगै कम्पनीकाे आईपीओ अब नेप्सेमा सुचिकृत भएपछि सेयरधनीहरूले कारोबार गर्न सक्नेछन् ।
कम्पनीले गत असोज १४ देखि असाेज १८ गतेसम्म सर्वसाधारणमा आईपीओ निष्काशन गरेको थियो । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी २३७ रुपैयाँ ५८ पैसामा आइपीओ निष्काशन गरेको थियो । नेप्सेले कम्पनीको आईपीओलाई पहिलो कारोबारका लागि प्रतिसेयर न्युनतम १४२ रुपैयाँ ०१ पैसादेखि २६ रुपैयाँ ०३ पैसासम्म ओपनिङ्ग रेञ्ज दिने सम्भावना छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।
प्रकाशित मिति : 12:26









