माथिल्लो मैलुङ खोलाको आईपीओ बाँडफाँड भोली, कतिले पाउँछन् सेयर ?
२ कात्तिक, काठमाडौं । माथिल्लो मैलुङ खोलाको आईपीओ भोली कात्तिक ३ गते शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार शुक्रबार बिहान ९ बजे आईपीओ बाँडफाँड गरिने भएको हो ।
कम्पनीको आईपीओमा १२ लाख ४९ हजार १०७ जना आवेदकले १ करोड ३८ लाख ८० हजार ५९० कित्ताका लागि आवेदन दिएका हुन् । जुन माग भन्दा १०.८० गुणा बढी आवेदन हो । मागभन्दा बढी आवेदन परेको कारण यो कम्पनीको आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने भएको छ । गोलाप्रथाबाट बाँडफाँड गर्दा १ लाख २८ हजार ४२० जनाले १० कित्ताका दरले सेयर हात पार्नेछन् । कम्पनीको आईपीओमा ११ लाख २० हजार ६८७ जनाको हात खाली हुनेछ ।
कम्पनीले असोज १८ गतेदेखि सर्वसाधारणका लागि १२ लाख ८४ हजार २०० कित्ता सेयर आइपीओ जारी गरेको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।
प्रकाशित मिति : 12:09









