२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

हिमालयन रिले प्रिमियममा आईपीओ निष्काशन गर्ने, प्रतिकित्ता मूल्य कति ?

२ कात्तिक, काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट मंगलबार अनुमति पाएको हो ।

हिमालयन रिले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँमा आईपीओ निष्काशन गर्न अनुमति पाएको हो । यसअघि हिमालयन रिले भने अंकित मूल्यमा १०८ प्रिमियम थपेर २०८ रुपैयाँमा आईपीओ ल्याउन अनुमति मागेको थियो।

अब कम्पनीले प्रिमियम मूल्यमा ३ करोड कित्ता आईपीओ बिक्री खुला गर्नेछ। हिमालयन रिको आईपीओ बिक्री प्रबन्धकमा एमएमबि क्यापिटल रहेको छ।

प्रकाशित मिति : 10:24