२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

व्यापार घाटा २ खर्ब ३३ अर्ब, कस्तो छ आयात–निर्यातको अवस्था ?

३० असाेज, काठमाडाैं । मुलुकको व्यापार घाटा सवा २ खर्ब माथि रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको २ महिनाको तथ्यांकले यस्तो देखिएको हो। आर्थिक वर्षको २ महिनामा कुल वस्तु व्यापार घाटा ४.७ प्रतिशतले कमी आई रु. २ खर्ब ३३ अर्ब ३० करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ९.४ प्रतिशतले घटेको थियो।

यो २ महिनामा कुल वस्तु निर्यात ७.८ प्रतिशतले कमी आई रु. २६ अर्ब ४५ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३४.९ प्रतिशतले कमी आएको थियो।

२ महिनामा कुल वस्तु आयात ५.१ प्रतिशतले कमी आई रु.२५९ अर्ब ७५ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३.० प्रतिशतले कमी आएको थियो।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलुकबाट भएको आयात क्रमशः ५.२ प्रतिशत र २१.५ प्रतिशतले कमी आएको छ भने चीनतर्फको आयात २५.४ प्रतिशतले वृद्घि भएको छ।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.२ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.५ प्रतिशत रहेको थियो।

प्रकाशित मिति : October 17, 2023 at 4:07 pm