२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

धितोपत्र बोर्डले दियो २ अर्ब ५ करोडको आइपीओ निष्कास अनुमति

३० असाेज, काठमाडौँ । नेपाल धितोपत्र बोर्डले २ अर्ब ५ करोड बराबरको साधारण सेयर निष्कासनको अनुमित दिएको छ । २०८० भदौ मसान्तमा बोर्डले उक्त अनुमति दिएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले देखाएको हो ।

समीक्षा अवधिमा १ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड र १ अर्ब २० करोड बराबरको डिबेन्चर गरी कुल ४ अर्ब ७५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८० भदौ मसान्तमा सूचीकृत ७ अर्ब ६३ करोड सेयर संख्याको चुक्ता मूल्य ७ खर्ब ५३ अर्ब ३६ करोड रहेको छ । आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा १७ अर्ब ३२ करोड बराबरको साधारण सेयर, १ अर्ब २० करोड बराबरको हकप्रद सेयर र ८२ करोड ६० लाख बराबरको बोनस शेयर गरी कुल १९ अर्ब ३५ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

प्रकाशित मिति : 15:56