२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

साढे ५ लाख बढी कित्ता सेयर बिक्री गर्दै सिनर्जी पावर, न्यूनतम मूल्य कति ?

३० असोज, काठमाडौं । सिनर्जी पावर डेलभपमेन्टले भोलि कात्तिक १ गतेबाट साढे ५ लाख बढी कित्ता सेयर बिक्रीमा राख्ने भएको छ । कम्पनीले सर्वसाधारण समूहको अवितरित हकप्रद सेयर  लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याउने भएको हो ।

कम्पनीले गत भदौ ३ गतेदेखि भदौ ३१ गतेसम्म सेयरधनीहरुलाई चुक्तापुँजीको २ः१ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो। सो समयमा बिक्री नभएको सर्वसाधारण समूहको ५ लाख ६३ हजार २६१ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागिएको हो। लिलामी राखिएको सेयर न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्तालाई न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

उक्त सेयरमा लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। भने अधिकतम सेयर संख्याका लागि हद लाग्ने छैन। लगानीकर्ताले बिक्रीमा राखिएको उक्त सेयरमा कात्तिक १५ गतेसम्म खरिद आवेदन दिन सक्नेछन् ।  लगानीकर्ता नक्सालस्थित सानिमा क्यापिटल तथा सानिमा बैंकको हेटौँडा, नारायणगढ, विराटनगर, बिर्तामोड, वीरगन्ज, जनकपुर, बुटवल, घोराही, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढी, महेन्द्रनगर र पोखरा ९न्युरोड० तथा गरिमा विकास बैंकको बागलुङ शाखामा बोलपत्र पेस गर्न सक्नेछन् ।

प्रकाशित मिति : 10:00