६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

एडिलेडको थ्रीकेजी स्पोर्टीङ क्लबले जित्यो ‘दोस्रो एक्सपर्ट कप’को उपाधि


अष्ट्रेलिया ।  ‘दोस्रो एक्सपर्ट कप’ फुटबल प्रतियोगिताको उपाघि थ्रीकेजी स्पोर्टीङ क्लबले जितेको छ। मेलबर्नको किलोरपार्क सकर क्लबमा भएको फाइनल खेलामा साविक बिजेता यती फुटबल क्लबलाई २–४ गोल अन्तरले पराजित गर्दै थ्रीकेजीले उपाधि कब्जा गरेको हो।

रोमाञ्चक खेलमा निर्धारित समयमा दुबै क्लबले बराबरी खेलेपछि खेल प्यानल्टी सुट आउटमा गएको थियो। प्यानल्टी सुट आउटमा यीत लाई थ्रीकेजीले २–४ ले गोल अन्तरले पराजित गरेको हो। उपाधि जितेसँगै थ्रीकेजी स्पोर्टीङ क्लबले ११ हजार अष्ट्रेलियन डलर नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ। उपविजेता यती फुटबल क्लबले ४ हजार पाँच सय अष्ट्रेलियन डलर पाएको छ ।

प्रतियोगितामा उत्कृष्ट गोलकिपर यती फुटबल क्लबका एलन न्यौपाने घोषित भए। टुर्नामेन्टकै उत्कृष्ट खेलाडी थ्रीकेजी स्पोर्टिङ क्लबका सोनाम तामाङ, बेष्ट डिफेन्डर थ्रीकेजी स्पोर्टिङ क्लबका मनबहादुर तामाङ, टप स्कोरर रोयल वेस्टर्न क्लबका आकाश मगर, बेष्ट मिडफिल्डर थ्रीकेजीका सुनिल श्रेष्ठ घोषित भएका थिए ।

रोयल वेष्टर्न क्लबको आयोजनामा अष्ट्रेलियामा नेपाली सामुदायिक फुटबल प्रतियोगिता मध्येको सबैभन्दा ठूलो पुरस्कार राशिको टुर्नामेन्टमा सिड्नी, मेलबर्न, एडिलेड लगायतका विभिन्न सहरका १६ फुटबल टिमको सहभागिता रहेको थियो।  भने प्रतियोगिताको टाइटल स्पोन्सर एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिेसेज रहेको थियो।

जित पछि प्रतिक्रिया दिदै थ्रीकेजी स्पोर्टीङ कल्वका अध्यक्ष खुम घलेले जितमा खेलाडीहरुको मेहनत र त्यसमा पनि कोच विकाश गौचनको ठुलो भुमिका रहेको बताए । घलेले टिम म्यानेजर राज तामाङको कुशल व्यवस्थापन, टिम कप्तान सोनाम तामाङको नेतृत्व प्रति क्लव निकै आभारी रहेको बताए । उनले नेपाली समुदाय विचको फुटवलमा शक्तिशाली ठानिएका सिड्नी मेलर्वनका टिम माथी विजय हासिल गर्दा खेल क्षेत्रमा थप क्रियाशिल हुन प्रेरित गरेको समेत बताए ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार २०:०५