६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

आर्थिक पारदर्शीता सहितको एनआरएनएका लागि महासचिवमा सुवेदीको उम्मेदवारी


२६ असाेज, काठमाडाैं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को महासचिवका प्रत्यासी बुद्धिसागर सुवेदीले चुनावका लागि आफ्ना स्पष्ट प्रतिवद्धताहरू अघि सारेका छन् । आगामी २०२३–२५ को कार्यकालका लागि महासचिवमा उम्मेदवारी दिन लागेका सुवेदी एनआरएनए राष्ट्रिय समन्वय परिषद् अमेरिकाको निवर्तमान अध्यक्ष समेत हुन् ।

महासचिवका उम्मेदवार सुवेदीले एनआरएनलाई आमुल परिवर्तन गर्नको लागी आवश्यक पद्धति र आर्थिक पारदर्शीता सहितको एनआरएनए बनाउने एजेण्डा स्थापित गर्न र वंशजको आधारमा नागरिकताको निरन्तरताका लागि राजनैतिक दलहरु र सरकारसँग आवश्यक संवाद मार्फत कार्यान्वयन गर्न, महिला, युवा लगायत दोश्रो पुस्ता र श्रमिकमैत्री बनाउँदै एनआरएनए अभियानमा सबै गैरआवासीय नेपालीलाई जोड्ने बताएका छन् ।

यस्तै, सबैलाई एनआरएनएमा सहभागिताको सुनिश्चितता गराउन साथै नेपाली कला संस्कृति, संस्कार अनि परम्परालाई नेपाली डायस्पोरामा पुर्याउन, गैर आवासीय नेपाली संघले सञ्चालन गरेको परियोजना र गतिविधिहरुको पारदर्शितारूपमा सुरुवात गर्दै सचिवालय सञ्चालन गर्ने र अनावश्यक आर्थिक चलखेल र अनियमितालाई रोक्ने र नियन्त्रणको निम्ति पारदर्शीरुपमा सार्वजनिक गर्न, अनावश्यक कर्मचारी समेत कटौती गर्न आफ्नो उमेद्धवारी रहेको सुवेदीको भनाइ छ ।

गैर आवासीय नेपाली संघको पंजीकृत सदस्य र राष्ट्रिय समन्वय परिषदहरु स्वाधीनता र स्वतन्त्रतामा हस्तक्षेप नगरी समन्वयकारी भूमिका निर्वाह गरेर विधानको पूर्ण कार्यान्वयनका लागी आफू र आफू नेतृत्वको टिम पूर्ण प्रतिबद्ध हुँदै संघलाई एनआरएनको मन मस्तिष्क सँग जोड्ने उनको योजना छ । एनआरएनलाई राम्रो संस्था बनाउने आफ्नो मुख्य लक्ष्य राखेका सुवेदीले महासचिवमा सबैको सहयोग र मतको अपेक्षा गरेका छन् । सुवेदीले गैरआवासीय नेपालीहरूको सम्माननै आफ्नो पहिचान भएको बताएका छन् ।

को हुन सुवेदी ?

एनआरएनएको ११औं विश्व सम्मेलन तथा महाधिवेशन यही असोज ३० देखि कात्तिक ३ सम्म आयोजना हुँदै छ । विदेशी भूमिमा रहेर काम गरिरहेका सुवेदी गैर आवासीय नेपाली संघ एनआरएनएका अभियन्ता तथा व्यवसायी हुन् । एनआरएनए राष्ट्रिय समन्वय परिषद् अमेरिका एनसीसी अमेरिकाको अध्यक्ष हुँदा सफल नेतृत्व गरेका सुवेदी अहिले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् आइसीसीको ११औँ महाधिवेशनमा महासचिवको प्रत्यासी छन् ।

२०१० देखि एनआरएनए अभियानमा संलग्न सुवेदीले, एनआरएनको विस्कन्सन च्याप्टरको संस्थापक अध्यक्ष हुँदै, एनआरएन एनसीसी अमेरिकामा विभिन्न तीन कार्यकाल काम गर्दै अध्यक्ष भएर सफलता पूर्वक जिम्मेवारी पूरा गरेका थिए । राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्ष हुँदा नमुना काम गरेका थिए ।

उनले झोलामा रहेको संस्था आफ्नै भवनमा पुर्याउन नेतृत्व समेत गरे । सबैभन्दा बढी सदस्य रहेको एनसीसीको सफल नेतृत्व गर्दै, एनआरएनए अमेरिकाको आफ्नै भवनबाट कार्यालय सञ्चालनका लागि आफैँ भवन खरिद समितिको संयोजक भएर काम गरेका उनले ८२ राष्ट्रिय समन्वय समितिमा आफ्नै घर हुने पहिलो समिति बनाए ।

एनआरएन हाँक्ने स्पष्ट दृष्टिकोण बोकेर हिँडेका सुवेदी एनआरएनको इतिहास थप पारदर्शी र गर्विलो बनाउन चाहन्छन् । त्यसका लागि उनि आइसीसीको महासचिव भएर सफल नेतृत्व दिन चाहन्छन् । नेपालमा रहँदा नै सामाजिक काममा क्रियाशिल रहेका सुवेदी, त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरिरहँदा सन् २००३ मा अमेरिका पुगेका थिए।

त्यहाँ पनि उनले सामाजिक काममा क्रियाशिल रहदै, अमेरिकामै २०० बढी नेपालीलाई रोजगारी दिएका छन । स्याङ्जामा जन्मेर चितवनमा हुर्केका सुवेदी ग्रामिण, सहरी र विदेशी सबै परिवेश बुझेका सकारात्मक सोचका साथ काम गर्ने व्यक्ति हुन् । सुवेदी ११औँ महाधिवेशनमा महासचिवको सबैभन्दा उपयुक्त प्रत्यासी रहेको एनआरएनए अभियन्ताहरुले बताउने गरेका छन् ।

एनआरएनए अभियानमा लागेर आफ्नो व्यवसायसँगै सक्रिय रुपमा सुवेदीले अमेरिका र नेपालमा धेरै क्षेत्रमा ठुलो लगानी गरिसकेका छन् । सुवेदीले अमेरिकामा हायात, होलिडे ईन, ह्यम्पटन, विज्डम लगाएतका होटल र सुपरमार्केटहरु संचालन गरिरहेका छन् भने नेपालमा पनि विभिन्न क्षेत्रमा लगानी गरेका छन् ।

सुवेदीले महिना अघि मात्र भैरहवामा रहेको पाचँ तारे टाइगर प्यालेस रिसोर्ट खरिद गरेका छन । पछिल्लो समय सबैको माझ लोकप्रिय, हसिला र सरल स्वभावका सुबेदीले संस्थागत बिकास र एनआरएनएमा सबैको अपनत्व बोधको लागि महासचिवमा सहयोग गरिदिन अनुरोध गरेका छन ।

 

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार १४:५५