मिर्मिरे लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने
२५ असोज, काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आज असोज २५ गतेदेखि एफपीओ बिक्री खुला गरेको छ। लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँबराबरको एफपीओ बिक्री खुला गरेको हो। जसअनुसार संस्थाले १०० रुपैयाँ अंकित दरका कुल १ लाख २३ हजार ८१६।४५ कित्ता एफपीओ निष्कासन गरेको छ।
मिर्मिरे लघुवित्तको एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि छिटोमा असोज ३० गते र ढिलोमा कात्तिक ९ गतेसम्म खरिद आवेदन दिन सकिनेछ । लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।
प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार ०९:५१












