पोखरामा ४३ वर्षीया महिला बालात्कृत
१९ कात्तिक, कास्की । कास्कीको पोखरामा एक ४३ वर्षीया महिला बालात्कृत भएकी छिन । प्रहरीले ती महिलालार्इ बलात्कार गर्ने मिनुराज घिमिरेलार्इ पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
कास्कीको मादी गाउँपालिका ५ मिजुरे घर भई हाल पोखरा ३० ढुङगेपाटन बस्ने ४३ वर्षकी एक महिलाले आफूलाई पटक पटक जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा दिएपछि सोही स्थानका ४३ वर्षका मिनुराज घिमिरेलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

महिलाले आफूलार्इ घिमिरेले पछिल्लो पटक १७ गते साँझ आफ्नो कोठामा आई काम गरिरहेको अवस्थामा जबरजस्ती गरेको प्रहरीमा मौखिक उजुरी गरेको कास्की प्रहरीले जनाएको छ । प्रहरीले अभियुक्त घिमिरेलाई नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान गरिरेको जनाएको छ ।
प्रकाशित मिति : १९ कार्तिक २०७५, सोमबार १८:३५












