५० रुपैयाँमा आईपीओ किनेका लगानीकर्ताले पहिलो दिन नै कमाए ४ हजार बढी
२४ असोज, काठमाडौं । हाथवे इन्भेष्टमेन्टको सेयरमूल्य पहिलो दिन नै ३०० रुपैयाँमाथि पुगेको छ। प्रतिकित्ता ५० रुपैयाँमा सर्वसाधारमा आईपीओ जारी गरेको यस कम्पनीको कारोबारमा आएको पहिलो दिनमा नै लगानीले राम्रो प्रतिफल पाएका छन् ।
आज बुधबारबाट नै कारोबारमा आएको यस कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३१३.७० पुगेको छ । आज स्पेशल प्रिओपन सेसनमा कम्पनीको आईपीओ प्रतिकित्ता २८५.२० रुपैयाँमा किनबेच भएको थियो ।
हाथवे इन्भेष्टमेन्टले प्रतिकित्ता ५० रुपैयाँमा २९ लाख २५ हजार कित्ता सेयर बिक्री गरेको थियो। सर्वसाधारणमा जारी गरेको समेत गरी मंगलबार कम्पनीको २ करोड ३४ लाख कित्ता सेयर सूचीकृत भएको हो ।
लगानीकर्ताले यस कम्पनीको आईपीओबाट सेयर कारोबार खुलेको पहिलो दिनमानै ६ गुणा बढी नाफा कमाएका छन्। एक हजार रुपैयाँको २० कित्ता सेयर खरिद गरेका लगानीकर्ताले बुधबार नै हाथवे इन्भेष्टमेन्टको आईपीओबाट ४ हजार रुपैयाँभन्दा धेरै कमाएका छन्।
प्रकाशित मिति : 14:46









