५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

कतिमा भयो हाथवे इन्भेष्टमेन्ट र माण्डु हाइड्रोपावरको पहिलो कारोबार ?

२४ असोज, काठमाडौं । हाथवे इन्भेस्टमेन्ट नेपाल र माण्डु हाइड्रोपवारको आजबाट दोस्रो बजारमा सेयर कारोबार  खुलेको छ।  आज स्पेसल प्रि–सेसनमा नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले तोकेको रेन्जभित्र यी दुवै कम्पनीको सेयर किनबेच भएसँगै नियमित रूपका लागि कारोबार खुलेको हो।

यस दिन प्रि–सेसनमा हाथवेको सेयर प्रतिकित्ता २८५ रुपैयाँ २० पैसा र  माण्डुको ३७३ रुपैयाँ २० पैसामा पहिलो कारोबार भएको हो। यी दुबै कम्पनीहरुको सेयर असोज २३ गते, मंगलबार नेप्सेमा सूचीकृत भएको थियो। पहिलो कारोबारका लागि नेप्सेले हाथवेलाई ९५ रुपैयाँ ९ पैसादेखि २८५ रुपैयाँ २७ पैसासम्मको ओपनिङ्ग रेञ्ज दिएको थियो। भने माण्डुलाई नेप्सेले १२४ रुपैयाँ ४२ पैसादेखि ३७३ रुपैयाँ २६ पैसासम्मको ओपनिङ्ग रेञ्ज दिएको थियो। सोही रेञ्जका आधारमा आज उच्च मूल्यमा यी कम्पनीहरुको पहिलो कारोबार भएको हो ।

प्रकाशित मिति : 11:08