छुट्ला है ! ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
२४ असोज, काठमाडौं । ग्लोबल आईएमई म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड–१’को लाभांश सुरक्षित गर्ने आज असोज २४ गते अन्तिम दिन रहेको छ। फन्डले लाभांश वितरणार्थ भोलि असोज २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज २४ गतेसम्म नेप्सेमा काारेबार भइ कायम इकाइधनीहरुले यो योजनाको लाभांश पाउनेछन्।
यो योजनाका इकाइधनीहरुलाई आर्थिक वर्ष २०७९/८० को नाफाबाट कर सहित ५ प्रतिशत नगद लाभांश ९प्रतिफल० घोषणा गरिएको छ। जसअनुसार इकाइधनीहरुलाई कुल ५ करोड १२ लाख ८८ हजार १८० रुपैयाँ वितरण गर्ने छ। यस योजनाको कोष प्रवर्द्धकमा ग्लोबल आईएमई बैंक रहेको छ।
प्रकाशित मिति : October 11, 2023 at 10:16 am










