नेप्सेमा दुई कम्पनीको आईपीओ सूचिकृत, कुनको ओपनिङ रेञ्ज कति ?
२३ असाेज, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीकाे आईपीओ सूचिकृत भएको छ । नेप्सेमा माण्डु हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्ट नेपालको आईपीओ सूचिकृत भएको हाे ।
१) माण्डु हाइड्रोपावर
नेप्सेमा माण्डु हाइड्रोपावरको १ करोड ३६ लाख ३६ हजार ३७० कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम १२४ रुपैयाँ ४२ पैसा देखि अधिकतम ३७३ रुपैयाँ २६ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेकाे छ । कम्पनीको स्टक सिम्बोल ‘एमएएनडियु’ रहेको छ ।
२) हाथवे इन्भेष्टमेन्ट नेपाल
नेप्सेमा हाथवे इन्भेष्टमेन्ट नेपालको २ करोड ३४ लाख कित्ता सेयर सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि ९५ रुपैयाँ ९ पैसा देखि अधिकतम २८५ रुपैंया २७ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेकाे छ । कम्पनीको स्टक सिम्बोल ‘एचएटिएचवाई’ रहेको छ ।सूचिकृत पश्चात दुवै कम्पनीको सेयर भोली बुधबारबाट धितोपत्र दोस्रो बजारमा कारोबार सुरु हुनेछ ।
प्रकाशित मिति : 15:00









