सोनापुर मिनरल्सको आईपीओ भोलि बाँडफाँड हुने, सेयर पाउने कति ?
२३ असोज, काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आईपीओ बाँडफाँडको मिति तय भएको छ । कम्पनीले असोज १४ गतेदेखि १८ गतेसम्म सर्वसाधरणका लागि निष्काशन गरेको आईपीओ असोज २४ गते बुधबार बाँडफाँड हुने बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले जनाएको छ ।
कम्पनीको आईपीओमा अन्तिम दिनसम्म ११ लाख १४ हजार ६९७ जनाले १ करोड ४७ लाख ७३ हजार ९०० कित्ताका लागि आवेदन दिएका छन् । जुन माग भन्दा १.५१ गुणा बढी आवेदन हो । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेको कारण गोलाप्रथाबाट बाँडफाँड हुनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ९ लाख ७३ हजार २५४ जनाले १० कित्ताका दरले सेयर हात पार्नेछन् । सोहि मध्येका ४ जनाले भने थप १ कित्ता गरि ११ कित्ता सेयर पाउनेछन् ।
कम्पनीले १०० अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसका दरमा ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर सर्वसाधरणका लागि निष्कासन गरेको थियो ।
प्रकाशित मिति : 12:29









