३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

महिला उद्यमी महासंघद्धारा ‘मिट एण्ड ग्रिट’ कार्यक्रम सम्पन्न

२३ असाेज, काठमाडाैं । महिला उद्यमी महासंघ ‘मिट एण्ड ग्रिट’ कार्यक्रम सम्पन्न गरेकाे छ । सोमबार विशालनगरस्थित महासंघको कार्यालयमा आयोजित साे कार्यक्रममा बाेल्दै महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवालीले महिला उद्यमीहरुको हक हितका लागि महासंघ अझै प्रभावकारी रुपमा अघि बढ्ने बताइन् ।

उनले महासंघको उद्देश्य नै महिला उद्यमीहरुको हक हितका लागि भएकाले सोही अनुरुप अघि बढ्ने बताइन्। कार्यक्रममा महासंघका पदाधिकारीहरु, महिला उद्यमीहरु र सदस्यहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा बाेल्दै अध्यक्ष ज्ञवालीले महासंघ आफ्नो उद्देश्य अनुरुप राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरमा हुने नीति निर्माण प्रक्रियामा महिला उद्यमीहरुको हक अधिकारका बारेमा अझ प्रभावकारी रुपमा लाग्ने प्रतिवद्धता जनाइन् ।

यस्तै महिला उद्यमी महासंघ नेपालकी निवर्तमान अध्यक्ष निरु रायमाझी खत्रीले नेपाललाई अल्पविकसित मुलुकबाट विकासोन्मुख मुलुकमा स्तरोन्नति गर्न व्यापारमा पनि लैङ्गिकमैत्री र उत्तरदायी नीति तथा कार्यक्रम आवश्यक रहेको जिकिर गरिन्। सोही अवसरमा खत्रीले अध्यक्ष ज्ञवालीलाई ज्ञापन पत्र समेत बुझाएकी थिइन्।

उक्त कार्यक्रममा महासंघले २० वर्षको अवधिमा महासङ्घद्वारा सञ्चालित क्रियाकलापको विवरणबारे भिडियोमार्फत प्रस्तुत गरेको थियो।कार्यक्रममा महिला उद्यमीहरुको विकास एवम् प्रवर्धनमा महासंघ निरन्तर समर्पित रहनेमा जोड दिइयो। कार्यक्रममा चौथो उपाध्यक्ष महालक्ष्मी श्रेष्ठले विभिन्न कमिटीबारे जानकारी गराएकी थिइन्।

कार्यक्रममा महिला उद्यमीहरूको विकास एवम् प्रवद्र्धनका लागि निरन्तर समर्पित रहेको बताइएको थियो। कार्यक्रममा महासंघले २० वर्षमा सञ्चालन गरेका क्रियाकलापको विवरण भिडियोमार्फत प्रस्तुत गरिएको थियो । सदस्यता प्रमाणपत्र वितरण गरिनुका साथै सदस्यहरूबीच अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो ।

प्रकाशित मिति : October 10, 2023 at 12:09 pm