२ बैशाख २०८३, बुधबार | Thu Apr 16 2026

किन्ने होइन त ? सर्वसाधारणले १ लाख कित्तासम्म खरिद गर्न पाउने आईपीओ बिक्री खुला

२३ असोज, काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले आज असोज २३ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले १०० अंकित दरका कुल ८ लाख ५९ हजार ३०० कित्ता सेयर सार्वसाधारणलाई बिक्री खुला गरेको हो। यसमा आयोजना प्रभावित स्थानीयका लागि जारी गरिएको सेयरमा बिक्री नभएको १ लाख ९५ हजार ३०० कित्ता पनि थप गरिएको छ।

कम्पनीले कर्मचारीलाई २ प्रतिशतले हुन आउने १६ हजार कित्ता र सामूहिक लगानी कोषलाई ५ प्रतिशतले हुन आउने ४० हजार कित्ता सेयर बाँडफाँड गरिसकेको छ।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि छिटोमा असोज २६ गते र ढिलोमा कात्तिक ३ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड ९सेबोन०बाट अनुमतिप्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सकिनेछ।

प्रकाशित मिति : 11:30