२ बैशाख २०८३, बुधबार | Thu Apr 16 2026

माथिल्लो मैलुङ खोलाको आईपीओमा आवेदनको ओइरो, सेयर पर्ने सम्भावना कति ?

२३ असोज, काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आईपीओमा आवेदनको ओइरो परेको छ । कम्पनीले असोज १८ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा सोमबार अन्तिम दिनसम्म १ अर्ब ३८ करोड ८० लाख ५९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । आईपीओमा सोमबार अन्तिम दिनसम्म १२ लाख ४९ हजार १०७ जना आवेदकले १ करोड ३८ लाख ८० हजार ५९० कित्ताको लागि आवेदन दिएका छन् । यो मागभन्दा १०.८० गुणा बढी आवेदन हो ।

कम्पनीले सर्वसाधारणका लागि १२ लाख ८४ हजार २०० कित्ता आईपीओ जारी गरेको थियो । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा मागभन्दा धेरै बढी आवेदन परेका कारण १० कित्ताका दरले सेयर पाउने सम्भावना न्यून रहेको छ ।

प्रकाशित मिति : 09:26