१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

इसेवाले जेभियर कलेजका विद्यार्थीलार्इ इन्टर्नशीप र रोजागारी दिने

१९ कात्तिक, काठमाडाैँ । इसेवाले जेभियर इन्टरनेशनल कलेजबाट बिभिन्न बिधामा स्नातक गर्ने विद्यार्थीलाई प्रयोगात्मक (इन्टरर्नशीप) र रोजगारीको अवसर दिने भएको छ । जेभिएरका विद्यार्थीलार्इलार्इ इन्टरर्नशीपसँगै रोजगारी दिने विषयमा सोमबार कलेज र इसेवाबीच सम्झाैता समेत भएको छ ।

सम्झाैता अनुसार अब इसेवाले प्रयोगात्मक (इन्टरर्नशीप)का साथै रोजगार व्यवस्थापनको जिम्मा पाएको छ । सम्झौतासँगै इसेवाले विद्यार्थीलाई परामर्शसमेत दिन सुरु गरेको छ । सम्झाैतापछिको कार्यक्रममा इसेवाका संस्थापक असगर अलीले विद्यार्थीहरुलाई परामर्श दिनुका साथै प्रयोगात्मक सिकाइ र रोजगारी उपलव्ध गराउने जानकारी दिए ।

जेभियर इन्टरनेशल कलेजमा त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम र सम्बन्धमा बिसिए, बीबीए र बीबीएम पढ्ने विद्यार्थीको प्रयोगात्मक कार्यक्रम अब इसेवाले नै गराउने कलेजका कार्यकारी निर्देशक लोकवहादुर भण्डारीले जानकारी दिएका छन । भण्डारीले यस्तो सेवा उपलब्ध गराउने एकमात्र कलेज जेभियर भएको दाबी गरे । उनले इसेवासँगको सम्झौताले विद्यार्थीलाई ठूलो अवसरको ढोका खोलेको बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०७५, सोमबार १५:०५