८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

विश्वकप क्रिकेट : बङ्गलादेशसामु १५७ रनको लक्ष्य

२० असोज, काठमाडौँ । भारतमा भइरहेको आइसीसी विश्वकप क्रिकेटअन्तर्गत आजको खेलमा अफगानिस्तानले बङ्गलादेशलाई जितका लागि एक सय ५७ रनको लक्ष्य दिएको छ । भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशालामा टस हारेपछि अफगानिस्तानले पहिला ब्याटिङ गर्दै ३७ दशमलव दुई ओभरमा सवै विकेट गुमाएर एक सय ५६ रन बनायो ।

अफगानिस्तानका लागि रमनुल्लाह गुरबाजले सर्वाधिक ४७ रन बनाए । यस्तै इब्राहिम जरदानले २२, अजमातुल्लाह ओमाराजीले २२, रहमत शाहले १८ तथा कप्तान हसमतुल्लाह शाहिदीले १८ रन बनाए । बलिङतर्फ बङ्गलादेशका शकिब उल हसन र मेहदी हसनले समान तीन/तीन विकेट लिए । अहिले बङ्गलादेशले जवाफी ब्याटिङ गरिरहेको छ । आजै श्रीलङ्का र दक्षिण अफ्रिकाबिच अर्को खेल हुनेछ । यसअघि शुक्रबार भएको खेलमा पाकिस्तानले नेदरल्यान्डस्लाई ८१ रनले पराजित गरेको थियो ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार १४:५४