३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार–२०८०’ घिमिरेलाई

२० असोज, भक्तपुर । वरिष्ठ पत्रकार देवेन्द्र गौतमका नाममा स्थापना भएको ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार–२०८०’ साहित्यिक पुरस्कार पत्रकार रोचक घिमिरेलाई प्रदान गरिएको छ । वरिष्ठ पत्रकार देवेन्द्र गौतमको प्रथम स्मृति दिवसका अवसरमा करेन्ट मिडिया एण्ड रिसर्च सेन्टर प्रालिले भक्तपुरमा आयोजना गरेको पुरस्कार समर्पण तथा पुस्तक विमोचन समारोहमा घिमिरेलाई प्रालिका अध्यक्ष प्रदीपा गौतमले नगद रू एक लाखसहित उक्त पुरस्कार प्रदान गरेका छन् । त्यस्तै, भाषिक पत्रकारितामा सक्रिय पुरस्कार पत्रकार गुणराज काफ्ले ‘सान्धिल्य’लाई प्रदान गरिएको छ ।

उक्त पुरस्कारको राशी रू ५० हजार रहेको गौतमले बताए । नेपाल पोष्टमा पाँच दशकसम्म निरन्तर पत्रकारितामा सक्रिय रहँदै योगदान पु¥याएबापत घिमिरेलाई पत्रकारिता पुरस्कार र नेपाल पोष्टमार्फत मैथली लेखमार्फत भाषिक पत्रकारिताको सुरुआत गर्दै चार दशकदेखि सक्रिय रहेका काफ्लेलाई सम्मान गरिएको कार्यक्रम सञ्चालक एवं गौतमका पुत्रकिरण गौतमले बताए । कार्यक्रममा तीन पुस्तक ‘अनुसन्धानभित्रको अनुसन्धान’, ‘देवेन्द्र गौतम स्मृतिमा’ र ‘चिनियाँ भाषाको पुस्तक’ सार्वजनिक गरिएको छ ।

अध्यक्ष गौतमसहित डा उपेन्द्र गौतम, पुष्पपाणि गौतम, किरण गौतम, रोचक घिमिरे र गुणराज काफ्लेले पुस्तक विमोचन गरेका थिए । कार्यक्रमा पुरस्कृत व्यक्तित्व घिमिरेले स्व गौतमको नेपाली पत्रकारितामा ठूलो योगदान रहेको चर्चा गर्दै उनी स्वतन्त्र, निडर र निष्पक्ष पत्रकारिताको संवाहक भएको बताए । उनले भने, “पत्रकार गौतम स्वर्गीय भएको आज एक वर्ष पूरा भएको छ । उनलाई सम्झँनै पर्दा उनको योगदान नेपाली पत्रकारितामा ठूलो छ ।

उनले पत्रकारितामा कुनै लोभ र लाभमा नपरी निष्पक्ष, निर्भिक र निडररुपमा पत्रकारिता गर्ने व्यक्तित्व हो ।” कार्यक्रममा हरेक वर्ष उनको स्मृतिमा पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान गर्दै पत्रकारितामा स्व गौतमको योगदानलाई जिवन्त राख्ने किरण गौतमले बताए । डा उपेन्द्र गौतमले स्वं गौतमले पत्रकारिताका क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गरेका छन् ।

प्रकाशित मिति : October 7, 2023 at 1:09 pm