६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

स्पेनको अन्तरक्रियापछि एनआरएनका महासचिव उम्मेदवार सुवेदी पोर्चुगल लागे


१९ असोज, काठमाडाैँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)को ११औँ महाधिवेशनका महासचिवका प्रत्यासी बुद्धिसागर सुवेदी स्पेन र माल्टाको अन्तरक्रियापछि पोर्चुगल लागेका छन । एनआरएनको महासचिवमा उम्मेदवारी घोषणा गरेसँगै उम्मेदवारीको जानकारी र एनआरएनए सदस्यहरूसँगको सुझाव संकलनका लागि विश्व भ्रमणमा रहेका सुवेदी स्पेन र माल्टाको अन्तरक्रियापछि पोर्चुगल पुगेका छन ।

स्पेनको अन्तरक्रियामा महासचिवका प्रत्यासी सुवेदीले एनआरएन नागरिकताको कार्यान्वयनजस्ता मुद्दालाई निष्कर्षमा पुर्याउन आफू उम्मेदवार बनेको बताए । एनसीसी स्पेनको आयोजनामा भएको अन्तरक्रियामा कार्यक्रममा सम्बोधन गर्दै महासचिवका उम्मेदवार सुवेदीले इतिहास हेरेर भविष्यको लक्ष्य बनाउन र विवेक प्रयोग गर्न एनआरएनए स्पेनको टिमसँग अनुरोध गरे । सुवेदीले आफूसँग काम गर्ने प्रशस्त समय र क्षमता भएकाले महासचिव भएर काम गरेर देखाउने प्रतिबद्धता जनाए ।

सुवेदीले एनआरएनए आइसीसीको महासचिव र अध्यक्ष पदमा कसैलेपनि दोहोर्याउन नहुने भन्दै नयाँ आउनेहरुलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड दिँदै आफूले पनि महासचिवमा एक कार्यकाल भन्दा धेरै काम नगर्ने प्रतिवद्धता जनाए ।उनले आफूलालाई पनि निमन्त्रणा गरी आफ्ना कुरा राख्ने मौका दिएकोमा अध्यक्ष विकास शाही र सम्म्पूर्ण अभियन्तामा धन्यवाद दिए । उनी आइबार नै कुवेत प्रस्थान गरेका छन । त्यहाँ पनि सुझाव संकलन र प्रतिवद्धता व्यक्त गर्ने कार्यक्रम रहेको सुवेदीको सचिवालयले जनाएको छ ।

सुवेदीले न्यानो आतिथ्यताको निम्ति गैर आवासीय नेपाली संघ स्पेनका अध्यक्ष पेशल कोइराला तथा माल्टाका अध्यक्ष रेम्स् खनाल लगायत सम्पुर्ण कार्यसमितिका पदाधिकारी र अन्य सहयोगी संस्थाका प्रतिनिधिहरूलाई धन्यवाद दिए ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार १७:४७