४ जेष्ठ २०८३, सोमबार | Tue May 19 2026

भर्ने होइन त ? ५० हजार कित्तासम्म खरिद गर्न पाइने आईपीओ निष्काशन मिति तय

१९ असाेज, काठमाडाैं । नेपाल वेयरहाउजिङ कम्पनीले कात्तिक १० गतेबाट आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जारी पुँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १३ करोड ७५ लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति दिएकाे थियाे। त्यसमध्ये कम्पनीले १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल १ लाख ३७ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। कम्पनीकाे आईपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ। लगानीकर्ताले कात्तिक २४ गतेसम्म खरिद आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट आस्वा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : 10:33