९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

दुई वाणिज्य बैंकको सेयर बिक्रीमा, क-कसले किन्न पाउँछन् ?

१९ असाेज, काठमाडाैं । दुई वाणिज्य बैंकले सेयर बिक्रीमा राखेका छन् । प्रभु बैंक र कुमारी बैंकको संस्थापक समूहको कुल ३१ हजार २२४ कित्ता सेयर बिक्रीमा राखेका हुन् ।

१) प्रभु बैंक

प्रभु बैंकको संस्थापक समूहको २० हजार २०२ कित्ता सेयर बिक्रीमा राखेकाे छ । बैंकले बिक्रीमा राखेकाे सेयरमा विद्यमान सेयरधनीका साथै, अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले काठमाडाैंकाे बबरमहलस्थित प्रभ बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिन सक्नेछन्।

२) कुमारी बैंक

कुमारी बैंकले संस्थापक समूहको ११ हजार २२ कित्ता सेयर बिक्रीमा राखेकाे छ । बैंकले बिक्रीमा राखेकाे संस्थापक सेयरमा संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले  ३५ दिनभित्र बैंककाे नागपोखरीस्थित कुमारी क्यापिटल र टंगालस्थित बैंकको प्रधान कार्यालयमा खरिद आवेदन पेस गर्न सक्नेछन्।

प्रकाशित मिति : October 6, 2023 at 10:17 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/