२ बैशाख २०८३, बुधबार | Thu Apr 16 2026

सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

१७ असाेज, काठमाडाैं । सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने म्याद थप भएकाे छ । कम्पनीले असोज १४ गतेदेखि १०० रुपैयाँ अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता कुल २३७.५८ रुपैयाँ दरमा ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर निष्कासन गरेको छ। यो आईपीओ निष्कासन बन्द छिटोमा असोज १७ गते बैंकिङ समयपछि भनिएको थियो। तर, मागबमोजिम आवेदन नपरेका कारण आवेदन दिने म्याद थप गरिएकाे धितोपत्र बिक्री प्रबन्धक एनआईबिएम एस क्यापिटलले जनाएको छ।

अब यथोचित संख्यामा प्रमाणित आवेदन प्राप्त भएमा असोज २८ गते अगावै सूचना प्रकाशित गरी आईपीओ निष्कासन बन्द गरिने क्यापिटलले जनाएकाे छ ।

कम्पनीको आईपीओमा हालसम्म करिब ८८ प्रतिशतभन्दा बढी कित्ताका लागि मात्र आवेदन परेको छ। मंगलबार साँझ ५ बजेसम्ममा कम्पनीकाे आईपीओमा ७ लाख ३२ हजार ९५३ आवेदकबाट ८५ लाख ६६ हजार ८४० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ।

प्रकाशित मिति : 08:53