४ भदौ २०८३, बिहिबार | Thu Aug 20 2026

५ अर्बको ऋणपत्र निष्काशन गर्दै कुमारी बैंक, कति पाइन्छ ब्याज ?

१६ असाेज, काठमाडाैं । कुमारी बैंकले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कुमारी बैंकलाइ ऋणपत्र निष्काशन गर्न अनुमति दिएको हाे। धितोपत्र बोर्डको अनुमतिसँगै अब बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ भएको ‘केबीएलएम डिबेन्चर २०९०’ नामक ऋणपत्र जारी गर्नेछ।

यो ऋणपत्र कुल इकाइमध्ये बैंकले ३० लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी २० लाख इकाइको सार्वजनिक निष्कासन गर्नेछ। १० वर्षे अवधिको यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउनेछन्। कुमारी बैंकको यो ऋणपत्रको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

प्रकाशित मिति : October 3, 2023 at 10:50 am