४ भदौ २०८३, बिहिबार | Fri Aug 21 2026

प्रभु बैंकको क्यूआर कोडमा ‘स्मार्ट अडियो अलर्ट’ डिभाइस जडान

१५ असाेज, काठमाडाैं । प्रभु बैंक लिमिटेडको डिजिटल बैंकिङ सेवाअन्तर्गत क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्दा भुक्तानी भएको व्यहोरा आवाजबाटै तत्काल जानकारी दिने विशेषतासहितको स्मार्ट अडियो अलर्ट डिभाइस सञ्चालनमा ल्याएको छ।

प्रभु बैंकको क्यूआर कोड भुक्तानी प्रणालीमा आबद्ध भएका मर्चेन्टहरुसँग रहेको क्यूआर कोडमार्पmत सेवाग्राहीले भुक्तानी गर्दा एसएमएस वा ई–मेल अलर्ट आउने गरेकोमा अब सोको अतिरिक्त स्मार्ट अडियो अलर्ट डिभाइसबाट कारोबार सफल हुनासाथ तत्कालै सम्बन्धित ग्राहकले भुक्तानी गरेको रकम आवाजबाट निश्चित हुने सुविधा थप भएको छ। प्रभु बैंकले डिजिटल बैंकिङलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यका साथ यो डिभाइसको सुरुआत गरेको हो।

प्रकाशित मिति : October 2, 2023 at 4:13 pm