१६ जेष्ठ २०८३, शनिबार | Sun May 31 2026

छुट्ला है ! दुई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१५ असाेज, काठमाडाैं । एनआईसी एसिया बैंक र एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज असोज १५ गते अन्तिम दिन रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि यी दुवै बैंकले भोलि असाेज १६ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ आजसम्म नेप्सेमा काराेबार भइ कायम सेयरधनीहरुले मात्रै यी दुवै बैंकको लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

एनआईसी एसिया बैंककाे आफ्नो २६ औँ वार्षिक साधारणसभा असोज २८ गते भद्रकालीको आर्मी अफिसर्स क्लब बिहान ९ बजेबाट सुरु हुनेछ।  सभाले गत आर्थिक वर्ष २०७९/८०का लागि प्रस्तावित चुक्तापुँजीकाे २९ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ १.५२६३ प्रतिशत नगद लाभांश गरी कुल ३०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै। सभाले बैंकको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि पारित गर्नेछ।

यसैगरी, एभरेष्ट बैंककाे आफ्नो २९ औँ वार्षिक साधारणसभा असोज ३० गते लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।सभाले आर्थिक वर्ष २०७९/८०का लागि प्रस्तावित चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल २०.५३ प्रतिशत लाभांश लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा नियुक्त भएका सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्तावहरु रहेका छन् ।

प्रकाशित मिति : October 2, 2023 at 9:21 am