६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

इतिहास हेरेर भविष्यको लक्ष्य बनाउन महासचिवमा उम्मेदवारीः बुद्धिसागर सुवेदी


१४ असोज, दुबइ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)को ११औँ महाधिवेशनका महासचिवका प्रत्यासी बुद्धिसागर सुवेदीले एनआरएन नागरिकताको कार्यान्वयनजस्ता मुद्दालाई निष्कर्षमा पुर्याउन आफू उम्मेदवार बनेको बताएका छन ।

आइतबार एनसीसी युएइको आयोजनामा भएको अन्तरक्रियामा कार्यक्रममा सम्बोधन गर्दै महासचिवका उम्मेदवार सुवेदीले इतिहास हेरेर भविष्यको लक्ष्य बनाउन र विवेक प्रयोग गर्न एनआरएनए दुबइको टिमसँग अनुरोध गरे । सुवेदीले आफूसँग काम गर्ने प्रशस्त समय र क्षमता भएकाले महासचिव भएर काम गरेर देखाउने प्रतिबद्धता जनाए ।

सुवेदीले एनआरएनए आइसीसीको महासचिव र अध्यक्ष पदमा कसैलेपनि दोहोर्याउन नहुने भन्दै नयाँ आउनेहरुलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड दिँदै आफूले पनि महासचिवमा एक कार्यकाल भन्दा धेरै काम नगर्ने प्रतिवद्धता जनाए ।

उनले आफूलालाई पनि निमन्त्रणा गरी आफ्ना कुरा राख्ने मौका दिएकोमा अध्यक्ष विकास शाही र सम्म्पूर्ण अभियन्तामा धन्यवाद दिए । उनी आइबार नै कुवेत प्रस्थान गरेका छन । त्यहाँ पनि सुझाव संकलन र प्रतिवद्धता व्यक्त गर्ने कार्यक्रम रहेको सुवेदीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आईतवार २२:२०