२ बैशाख २०८३, बुधबार | Thu Apr 16 2026

मिड सोलु हाइड्रोपावरको आईपीओले कति पाउला ओपनिङ रेञ्ज ?

१४ असाेज, काठमाडाैं । मिड सोलु हाइड्रोपावर लिमिटेडकाे आईपीओ बाँडफाँड सम्पन्न भइसकेकाे छ । कम्पनीले भदौ २८ देखि असोज १ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेकाे आईपीओ गत असोज १० गते बाँडफाँड भइ सकेकाे छ । कम्पनीकाे आईपीओ बाँडफाँड भएसँगै आईपीओ पर्ने लगानीकर्ताहरूलाई कम्पनीकाे सेयरले कति ओपनिङ रेञ्ज पाउला भन्ने चासाेकाे बिषय बनेकाे छ ।

आफुलाई परेको आईपीओले दोस्रो बजारमा कारोबारका लागि कति रेञ्ज पाउला भनेर जिज्ञाशा हुनु स्वभाविक पनि हो । यो कम्पनीको आईपीओ बाँडफाँड भइसकेकोले अब नेप्सेमा सूचिकृत भएसँगै दोस्रो बजारमा कारोबारमा आउने छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिसेयर न्युनतम १००  रूपैयाँदेखि अधिकतम ३००  रूपैयाँसम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ । कम्पनीको आर्थिक वर्ष २०७८/ ७९ को प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ रहेको छ । सोही नेटवर्थको ३ गुणा ३००  रूपैयाँ हुन्छ ।

प्रकाशित मिति : 14:37