९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026

काठमाडाैं र ललितपुरमा कुमारी बैंककाे थप ५ नयाँ शाखा विस्तार

१२ असाेज, काठमाडाैं । कुमारी बैंक लिमिटेडले काठमाण्डौ र ललितपुर जिल्लाको अलग- अलग स्थानमा पाँच वटा नयाँ शाखा विस्तार गरेको छ ।

कम्पनीले काठमाडाैंकाे कपन, सितापाइला र डल्लु तथा ललितपुर जिल्लाको भैसेंपाटी र टौखेलमा शुक्रबारबाट नयाँ शाखाहरु सञ्चालनमा ल्याएकोे हो ।

कम्पनीले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्‍याउने उद्देष्यले उक्त शाखाहरु विस्तार गरेको हो । कम्पनीले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पुर्‍याउने योजना रहेको बताएको छ ।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको उक्त कम्पनीले मुलुकभर ३०९ वटा शाखा सञ्जाल, ३०९ वटा एटीएम, ४८ वटा एक्सटेन्सन काउन्टर तथा ६४ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : September 29, 2023 at 4:50 pm