६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

लगातार घट्दै सुनको मूल्य, कति पुग्यो तोलाको ?

१२ असाेज, काठमाडाैं । नेपाली बजारमा सुनकाे मूल्यमा लगातार गिरावट आएको छ। चार दिनदेखि सुनकाे मूल्य लगातार घटिरहेकाे छ । याे सातामात्रै सुनकाे मूल्य तोलामा ३ हजार ३०० रुपैयाँले घटेको हाे ।

साताको अन्तिम कारोबारमा दिन शुक्रबारमा पनि सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन बिहीबार सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार १०० रुपैयाँमा काारेबार भएकाे थियाे ।

आज चाँदीको मूल्य २५ रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ। बिहीबार चाँदीको मूल्य १५ रुपैयाँले घटेर १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार ११:२६