१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

केशवराज पाण्डेको उम्मेदवारी नै दर्ता भएको छैनः डिल्ली मैनाली

११ असोज, काठमाडौँ । नेकपा एमालेको बागमती प्रदेश अधिवेशनको निर्वाचन मण्डलका संयोजक डिल्ली मैनालीले अध्यक्षमा चार जनाको मात्र उम्मेदवारी परेको बताएका छन । उनले दैनिकीसँग कुरा गर्दै अध्यक्षमा कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, कैलाशप्रसाद ढुंगेल र सानुकुमार श्रेष्ठकोमात्र उम्मेदवारी परेको जानकारी दिए ।

यो पनि पढ्नुहोस्

एमाले बागमती अधिवेशनः नेताले बन्धक बनाएपछि अध्यक्षको उम्मेदवारी वारेशमा

केशवराज पाण्डेको उम्मेदवारी तपाईको कर्मचारीले त दर्ता गरेका थिए नि भन्ने प्रश्नमा उनले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी नै नआएको जानकारी दिए । उनले आजै ११ बजेपछि उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्ने पनि जानकारी दिए ।

पाण्डेको उम्मेदवारी दर्ता गराउँदै गणेश श्रेष्ठ, पाण्डेका स्वकीय सचिव विष्णु दाहाल र युवा संघका नेता राजु तिवारी लगायत ।

एमालेका बागमतीका इन्चार्ज गुरू बराल नेताहरू आनन्द पोखरेल, डोरमणि पौडेल, खेम लोहनी लगायतले उम्मेदवारी दर्ता गुजार्न पाण्डेलाई प्रदेश कार्यालयमै थुनेर राखेपछि उनले वारेश मार्फत निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका थिए । तर निर्वाचन अधिकृतको कार्यालयले उनको दर्ता भएको उम्मेदवारी पनि उम्मेदवारी नै नपरेको भनेर जानकारी दिएको छ ।

पाण्डेले गणेश श्रेष्ठ मार्फत वारेशमा उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारी दर्ता लगत्तै बन्धक बनइएका पाण्डेले वारेशमा उम्मेदवारी दर्ता गराएको समाचारहरू बाहिरिएका थिए तर निर्वाचन अधिकृत मैनालीले अध्यक्षमा उनको उम्मेदवारी नै नपरेको दाबी गरेका छन ।

निर्वाचन अधिकृतको कार्यालयमा भएको उम्मेदवारी दर्ताको सूची जाहाँ केशव पाण्डेको वारेशमा उम्मेदवारी दर्ता गरेको र पाँच सय रूपैयाँ असुल गरिएको रेकर्ड छ ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार ११:०७