नेप्सेमा पाँच कम्पनीको नगद लाभांशमा मूल्य समायोजन, कतिमा खुल्छ काराेबार ?
११ असाेज, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले विभिन्न पाँच म्युचुअल फन्डको इकाइमूल्य समायोजन गरेकाे छ । नेप्सेले एनएमबि ५०, एनएमबि हाइब्रिड फन्ड एल–१, सनराइज फर्स्ट म्युचुअल फन्ड, सानिमा इक्विटी र प्रभु सेलेक्टर फन्डको इकाइमूल्य समायोजन गरेको हो।
नेप्सेमा एनएमबि ५० को १५ प्रतिशत नगद लाभांशमा मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार मूल्य समायोजन पछिको भाउ ९ रुपैयाँ ७७ पैसा कायम भएको छ । बुधबारको अन्तिम कारोबार मूल्य ११ रुपैंया २७ पैसालाई आधार मानेर मूल्य समायोजन गरिएको हो ।
त्यस्तै, एनएमबि हाइड्रो फण्ड १ को १५ प्रतिशत नगद लाभांशपछि प्रतिइकाई ९ रूपैयाँ ८४ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ११ रुपैँया ३४ पैसाका आधारमा मूल्य समायोजन गरेको छ ।
सनराइज फर्स्ट म्युचुअल फण्डको १६ प्रतिशत नगद लाभांशपछि प्रतिइकाई ९ रुपैँया ६७ पैसा हुने गरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ११ रुपैँया २७ पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।
सानिमा इक्विटी फण्डको १८ प्रतिशत नगद लाभांशपछि प्रतिइकाई ९ रुपैंया ९७ पैसा हुनेगरी मूल्य समायोजन गरेको छ । कम्पनीको बुधबारको अन्तिम कारोबार मूल्य ११ रुपैँया ७७ पैसा रहेको छ ।
त्यस्तै, प्रभु सेलेक्ट फण्डको ९.५ प्रतिशत नगद लाभांशपछि प्रतिइकाई ८ रुपैंया ३० पैसा हुने गरी मूल्य समायोजन गरेको छ । कम्पनीको आजको अन्तिम कारोबार मूल्य ९ रुपैँया २५ पैसा रहेको छ । सोही मूल्यको आधारमा यी कम्पनीको आइतबारबाट सेयर कारोबार खुल्नेछ ।
प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार ०९:२८