२४ माघ २०८१, बिहीबार | Thu Feb 6 2025

अब आइतबारबाट मात्रै सेयर बजार खुल्ने

१० असाेज, काठमाडाैं । यो साता सेयर बजारमा ४ दिनमात्रै कारोबार भएको छ।  सरकारले भोलि (बिहीबार) इन्द्रजात्राका अवसरमा सार्वजनिक बिदा दिएको छ। सार्वजनिक बिदा दिइएका कारण भोलि सेयर बजार बन्द रहने भएकाे हाे भने शुक्रबार र शनिबार सेयर बजार बन्द नै रहने गरेकाे छ । अब सेयर बजार आउँदो आइतबारबाट मात्रै खुल्नेछ।

 यो साता बजार करिब साढे २५ अंकले घटेकाे छ ।  गत बिहीबार २०२९.७८ मा बन्द भएको बजार आज बुधबार २००४.३० मा झरेकाे छ।अघिल्लो साताको तुलनामा यो साता कारोबार बढेको छ। गत साता ७ अर्ब ३७ करोड रुपैयाँबराबरको कारोबार भएकोमा यो साता बढेर ७ अर्ब ८० करोड रुपैयाँबराबरको कारोबार भएको छ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार १६:५७