४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

धितोपत्रको नवीकरण शुल्क बुझाउन कम्पनीलाई नेप्सेको आग्रह, नतिरे सूचीकरण स्थगन हुने

९ असाेज, काठमाडाैं  । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुलाई धितोपत्रको वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ।

नेप्सेले आज एक सूचना जारी गर्दै सूचीकृत कम्पनीहरुलाई धितोपत्रको वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको हो। आर्थिक वर्ष २०८०/८१ को नवीकरण शुल्क बुझाउन यही असोज मसान्तसम्म समायावधि रहेको नेप्सेले जनाएको छ।

तोकिएको मितिभित्र नवीकरण शुल्क नबुझाएर नवीकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने र धितोपत्र सूचीकरण विनियमावली, २०७५को विनियम १६ बमोजिम सूचीकरण स्थगन गर्न पनि सकिने नेप्सेले चेतावनी दिएको छ।

नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये ५० करोड रुपैयाँसम्मको चुक्तापुँजी भएकाले वार्षिक ५० हजार नवीकरण शुल्क तिर्नुपर्छ । ५० लाख रुपैयाँभन्दा माथि चुक्तापुँजी भएका कम्पनीले भने वार्षिक १ लाख रुपैयाँ नवीकरण शुल्क बुझाउनुपर्ने प्रावधान रहेको छ।

यसैगरी डिबेन्चर र म्युचुअल फन्डहरुले आकारको हिसाबले ५० करोड रुपैयाँसम्मकाले वार्षिक २५ हजार रुपैयाँ र ५० करोड रुपैयाँ माथिकाले वार्षिक ५० हजार रुपैयाँ नवीकरण शुल्क बुझाउनुपर्ने हुन्छ।

प्रकाशित मिति : 15:35